सुन तोलामा १ हजारले बढ्यो, ७३ हजार ५ सयमा कारोबार

<p>काठमाडौं। सुनको मूल्य आज फेरि प्रतितोला १ हजार ले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५ सयमा खरिदबिक्री भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार ले वृद्धि भएको छ । [&hellip;]</p>

काठमाडौं। सुनको मूल्य आज फेरि प्रतितोला १ हजार ले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० पुगेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५ सयमा खरिदबिक्री भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार ले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसअघि तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोबार भएको थियो ।

सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि असामान्य वृद्धि भएको देखिएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ४५ ले वृद्धिभई ९४० पुगेको छ ।

साउन महिनाको शुरुवातदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महिनामा मात्रै सुनको मूल्य करिब रु सात हजार ५०० ले वृद्धि भएको थियो ।

बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ । पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणागरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आकलन गरिएको छ ।

Share News