अख्तियारको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने ५ जना पक्राउ

<p>काठमाडौं। अख्तियारको दुरुपयोग गरी व्यक्तिगत लाभलिने ५ जना अख्तियार दुरपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। घुस,नक्कली शैक्षिक प्रमाणपत्र र रकम हिनामिनाको आरोपमा अख्तियारले कन्चनपुर, कपिलवस्तु, रुपन्देही, नवलपरासी र पर्वत जिल्लाका एक एक जना विरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले मुद्दा दायर गरेकामा सेवाग्राहीलाई भारतबाट ल्याएको सामन जफत गर्दिने भन्दै धम्काउँदै घुस माग्दै आएको आरोपमा रुपन्देहीका [&hellip;]</p>

काठमाडौं। अख्तियारको दुरुपयोग गरी व्यक्तिगत लाभलिने ५ जना अख्तियार दुरपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। घुस,नक्कली शैक्षिक प्रमाणपत्र र रकम हिनामिनाको आरोपमा अख्तियारले कन्चनपुर, कपिलवस्तु, रुपन्देही, नवलपरासी र पर्वत जिल्लाका एक एक जना विरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेकामा सेवाग्राहीलाई भारतबाट ल्याएको सामन जफत गर्दिने भन्दै धम्काउँदै घुस माग्दै आएको आरोपमा रुपन्देहीका अनुसन्धान सहायक विरेन्द्र पाण्डे, शैक्षिक प्रमाणपत्र नक्क्ली भएको आरोपमा कन्चनपुरका निजी विद्यालयका शिक्षक नन्दलाल तिरुवा र कपिलवस्तुका प्रहरी नायब सुरेश बहादुर थापा, नवलपरासीको नाला निर्माण योजनामा सम्झौता अनुसारका काम नगरी रकम हिनामिनाको आरोपमा सब-ईन्जिनियर भिमदेव भट्टराई र अन्य व्यक्तीको नाममा रकम निकालेको आरोपमा पर्वत जिल्लाका गाउँ बिकास समितीका कार्यलय सचिव लील प्रसाद श्रेष्ठ परेका छन्।

Share News