राजश्व सङ्कलनमा गिरावट, साढे नौ करोडले कम

<p>विराटनगर । मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७४/ ७५ मा उक्त कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख ८० [&hellip;]</p>

विराटनगर । मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७४/ ७५ मा उक्त कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजश्व सङ्कलन गरेको थियो ।

गत आवमा घर जग्गा रजिष्ट्रेशन तथा रोक्का लगायतबाट रु ५१ करोड २० लाख नौ हजार ७५५, पूर्जा बिक्रीबाट रु चार लाख १५ हजार ५२५, बेरुजु दाखिलाबाट रु तीन लाख ६२ हजार २६० संकलन भएको थियो ।

त्यसैगरी, पूँजीगत लाभकारबाट रु २० करोड ८८ लाख ८० हजार ४८२ र न्यायिक दस्तुरबाट रु १० लाख २४ हजार ६८६ सङ्कलन भएको कार्यालयका लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिएका छन् । रासस

Share News