एटीएम ह्याक गरी पैसा चोरिएको घटनामा ३ नेपाली पनि समातिए

<p>काठमाडौँ । एटीएमको प्रणाली ह्याक गरी अबैधानिक तरिकाले पैसा चोरी गर्ने प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीले तीन नेपालीलाई ठमेलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलमा रहेको डेस्सो र नेपालय मनि चेन्जरका देवनाथ लामिछाने, रोशन श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको जनाएको छ । मनिचेन्जरबाट २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेको [&hellip;]</p>

काठमाडौँ । एटीएमको प्रणाली ह्याक गरी अबैधानिक तरिकाले पैसा चोरी गर्ने प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीले तीन नेपालीलाई ठमेलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलमा रहेको डेस्सो र नेपालय मनि चेन्जरका देवनाथ लामिछाने, रोशन श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मनिचेन्जरबाट २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेको देखिएपछि अनुसन्धानको लागि ती ३ नेपालीलाई नियन्त्रणमा लिइएको महानगर प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

फाइल फोटो

प्रहरीले शनिबार नबिल बैंकको दरबारमार्ग स्थित एटीएमबाट रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो भने थप एक जनालाई विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीको टोलीले आइतबार राती सु लु सिङ नाम गरेका चिनियाँ मुलका फेन्च नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

Share News