काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एशियाटिक लिवरल मल्टीफेरियस एसोसिएसन र वल्र्ड बुक्स अफ रेकर्डसको संयुक्त तत्वावधानमा हालै आयोजित २० औ सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्वोधन गरेकी छिन् ।
अध्यक्ष राणाले उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भई संवोधन गरेकी हुन् । सोही समारोहमा अध्यक्ष राणालाई आयोजक स“स्थाद्वारा नेपालका लागि सदभावना राजदूत नियुक्त गरिएको हो ।
सो समारोहमा प्रमुख अतिथि अध्यक्ष राणाले विभिन्न ३०० व्यक्ति, उद्योग प्रतिष्ठानहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय सम्मानबाट सम्मानित गरिन् ।