नीतिगत त्रुटिका कारण चावहिल– साँखु सडकखण्ड विवादमा

<p>काठमाडाैं । नितिगत त्रुटिका कारण चावहिल– साँखु सडक विवाद तथा स्तरोन्नतीमा ढिलाई भएको प्रतिनिधीसभाको विकास तथा प्रविधी समितिकी सभापति कल्याणी कुमारी खड्काले बताएकी छन् । शुक्रबार विकास तथा प्रविधिे समितिका पदाधिकारीहरुसहित चावहिल–जोरवाटी–बागमती–साँखु सडक र जोरपाटी– सुन्दरीजल सडक खण्डको अनुगमनमा हिँडेकी उनले सरकारको नीतिगत त्रुटिले सडक निर्माणमा समस्या भएको बताएकी हुन् । सरकारले निर्माण कार्य ठेक्का [&hellip;]</p>

काठमाडाैं । नितिगत त्रुटिका कारण चावहिल– साँखु सडक विवाद तथा स्तरोन्नतीमा ढिलाई भएको प्रतिनिधीसभाको विकास तथा प्रविधी समितिकी सभापति कल्याणी कुमारी खड्काले बताएकी छन् । शुक्रबार विकास तथा प्रविधिे समितिका पदाधिकारीहरुसहित चावहिल–जोरवाटी–बागमती–साँखु सडक र जोरपाटी– सुन्दरीजल सडक खण्डको अनुगमनमा हिँडेकी उनले सरकारको नीतिगत त्रुटिले सडक निर्माणमा समस्या भएको बताएकी हुन् ।

सरकारले निर्माण कार्य ठेक्का तथा टेण्डर गर्दा परिपक्क निति नियम नबनाई हचुवाको तालमा निर्माणको प्रक्रियामा जाँदाको कारण यो समस्या भोग्नु परेको बताइन् । विभिन्न सडक खण्ड र संरचनाहरुको अवलोकन गर्दै उनले सडक निर्माणको कार्यलाई चाँडो सकाउनको लागि सबै तहहरुको उतिकै भूमिका रहेकोले एकले अर्कालाई देखाउँदै कामबाट नहटी सबैको निर्माण सम्भव हुने बताईन् ।

ठेक्का लिँदा निर्माण कम्पनीले कुनै समस्याहरु नकेलाई हचुवाको भरमा ठेक्का लिँदा अहिले सास्ती बेहेर्नु परेको बताईन् । ‘यी सडक खण्डका समस्याहरु पहिचान गरेका छौं’ उनले भनिन्, समितिका पदाधिकारी र सम्वन्धित निकायका सरोकारवालाहरुलाई बोलाएर समस्याको समाधान तर्फ जान म उत्प्रेरित गर्छु । ’

अनुगममा सबैभन्दा ठुलो समस्या मुआब्जा वितरणा र क्षतिपुर्ति रहेको छ । निर्माण कम्पनीहरुले पनि सडक निर्माणमा मुख्य समस्याका रुपमा घर र जमिनको मुआव्जा र क्षतिपुर्ति वितरण रहेकोले सरकारले त्यसको समाधान गरे निर्माण कार्य चाँडै सकिने बताएका छन् । निर्माण व्यवसायी नारायण भट्टराईले जजसले जग्गा छोड्यो त्यहाँ सडक बनेको बताउँदै मुआब्जाको कारण रोकिएका ठाउँहरुमा काम नभएको स्विकारे  ।

कतिपय ठाउँमा विद्युतका पोलहरु, कतै रुख त कतै खानेपानीका संरचनाहरुले समय लिएका कारण समयै काम सम्पन्न नभएको बताउँदै उनले यी समस्याहरु समाधान भए केहि महिना भित्रै सडक निर्माण कार्य सम्पन्न गरी सक्ने उनले बताए । हाल यी सडकहरुमा पर्ने घरधनिहरुले जग्गाको मुआव्जा र घरको क्षतिपुर्तिको माग गर्दै काममा अवरोध गर्दै आएका छन् ।

 

यी सडकहरुमा सात वटा कम्पनीले ठेक्का लिएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार हालसम्म यी सडकहरुमा १५ प्रतिशत देखि ६५ प्रतिशत सम्म भौतिक प्रगति भएको छ । पाँचवटा निर्माण कम्पनीले निर्माणको ठेक्का पाएको यी सडकहरुको निर्माण सम्भौता २०७२ मा भएकाे थियाे ।

Share News