अर्थमन्त्री-चिनियाँ राजदुत भेट, चीन सरकारको सहयोगमा संचालित परियोजनाको प्रगतिबारे छलफल

<p>काठमाडौँ । चीनका राजदुत होउ यान्की ले अर्थमन्त्री डा. युवराज खतिवडासंग बुधबार अर्थ मन्त्रालयमा भेटघाट गरेकी छिन् । भेटघाटको क्रममा चिनियाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको थियो । भेटका क्रममा तत्कालका लागि काठमाडौं (कोदारी, काठमाडौं– रसुवागढी र कोरला नाका मार्फत आवागमन आवद्धता बढाउने विषयमा [&hellip;]</p>


काठमाडौँ । चीनका राजदुत होउ यान्की ले अर्थमन्त्री डा. युवराज खतिवडासंग बुधबार अर्थ मन्त्रालयमा भेटघाट गरेकी छिन् ।

भेटघाटको क्रममा चिनियाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको थियो ।

भेटका क्रममा तत्कालका लागि काठमाडौं (कोदारी, काठमाडौं– रसुवागढी र कोरला नाका मार्फत आवागमन आवद्धता बढाउने विषयमा छलफल भएको थियो ।

काठमाडौं चक्रपथको दोस्रोचरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनियाँ वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारे समेत भेटघाटका अवसरमा छलफल भएको थियो ।

त्यसैगरी अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका महामहिम राजदूत एमएस भिरोनिका कोडी बीच अर्थ मन्त्रालयमा भेटघाट भई नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भयो । भेटका क्रममा राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुरा बताए ।

अर्थमन्त्रीले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको बस्तुस्थितिको बारेमा अवगत भएको अन्तर्राष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिए ।

Share News