बिकासन्युजकर्मी नबिन पोखरेल सम्मानित

<p>काठमाडौं। बिकासन्युजकर्मी नबिन पोखरेल बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा सम्मानित भएका छन् । क्याम्पसको स्नातक तहमा राजनीति शास्त्रमा कलेज टप गर्दै पोखरेल समानित भएका हुन् । रत्नराज्य लक्ष्मी क्याम्पसको ५९ औं वार्षिक उत्सव समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो । उनी डा. बिनु बाबा अर्याल पुरस्कारबाट सम्मानित भएका हुन् । पोखरेल १ वर्ष देखि बिकासन्युजमा बीमा [&hellip;]</p>

काठमाडौं। बिकासन्युजकर्मी नबिन पोखरेल बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा सम्मानित भएका छन् । क्याम्पसको स्नातक तहमा राजनीति शास्त्रमा कलेज टप गर्दै पोखरेल समानित भएका हुन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसको ५९ औं वार्षिक उत्सव समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो । उनी डा. बिनु बाबा अर्याल पुरस्कारबाट सम्मानित भएका हुन् । पोखरेल १ वर्ष देखि बिकासन्युजमा बीमा बिटमा कलम चलाउँदै आएका छन् ।यस्तै स्नातक तहमा पत्रकारिता तथा राजनीति शास्त्र तर्फ मनिसा थापाले उच्च अंक प्राप्त गर्दै कलेज टपरको रुपमा सम्मानित भएकी छिन्।

Share News