काठमाडौं । साताको पहिलो दिन ७१ हजारले विक्री भएकाे सुन बुधबार ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भईरहेको छ ।
साेमबार र मंगलबार सुन अघिल्लाे दिनकै मूल्यमा काराेबार भएकाे थियाे । पछिल्लो समय सुनको मूल्य वृद्धिसँग बजार तथा उपभोक्तालाई असर परिरहेको छ ।
यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार १ सयमा बिक्री वितरण भई रहेको छ । चाँदी प्रतितोला ८३० रुपैयाँमा विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।