बाढीले क्षति पुर्याएका संरचनाको दीर्घकालीन व्यवस्थापन गर्न २ अर्ब खर्च लाग्ने

<p>काठमाडौँ । गत असारमा परेको अविरल वर्षाका कारण आएको बाढी तथा डुवानबाट क्षति भएका संरचनाहरु दीर्घकालीन व्यवस्थापनका लागि २ अर्ब ११ करोड २२ लाख खर्च लाग्ने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै क्षतिग्रस्त संरचनाहरुको संरक्षण तथा रोकथामका लागि उक्त रकम आवश्यक रहेको जानकारी दिएको हो । ती संरचनाहरुको तत्काल [&hellip;]</p>


काठमाडौँ । गत असारमा परेको अविरल वर्षाका कारण आएको बाढी तथा डुवानबाट क्षति भएका संरचनाहरु दीर्घकालीन व्यवस्थापनका लागि २ अर्ब ११ करोड २२ लाख खर्च लाग्ने भएको छ ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै क्षतिग्रस्त संरचनाहरुको संरक्षण तथा रोकथामका लागि उक्त रकम आवश्यक रहेको जानकारी दिएको हो । ती संरचनाहरुको तत्काल मर्मत तथा निर्माणको लागि भने ३८ करोड २२ लाख लाग्ने जनाइएको छ ।

जलस्रोत तथा सिँचाई विभागकी महानिर्देशक सरिता दवाडीले चालु आवको बजेट विनियोजनबाट पनि आपतकालीन कार्य गर्ने विभिन्न कार्यालयहरुका वार्षिक कार्यक्रमको रुपमा विनियोजित १० करोड २ लाख २५ हजारको अतिरिक्त नदी नियन्त्रण केन्द्रमा रहेको १० करोड मध्ये ५ करोड आवश्यकता अनुसार विभिन्न नदीहरुका लागि बाँडफाँड प्रक्रिया अगाडि बढाएको बताइन् ।

महानिर्देशक दवाडीले बाग्मती नदीबाट विभिन्न स्थानमा भएका कटान डुवान नियन्त्रणका लागि बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट तत्काल ४० हजार थान बोरा तथा २ सय थान नाइलन जाली उपलब्ध गराएको बताइन् ।

महानिर्देशक दवाडीले बाग्मती नदीबाट विभिन्न स्थानमा भएका कटान डुवान नियन्त्रणका लागि बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट तत्काल ४० हजार थान बोरा तथा २ सय थान नाइलन जाली उपलब्ध गराएको बताइन् ।

उनले कमला, बागमती, लालबकैया, औरही, मरमहा, रातो, बक्राहा, त्रियुगा, लखनदेही, झिम तथा बाँके लगायतका नदीहरुबाट भएको कटान डुवानको थुनचेक तथा संरक्षणका लागि आपतकालीन रुपमा माटोको बाँध, बोरामा बालुवा, बाँस पाईसिँगा, नाइलन, जाली कंक्रित जस्ता सम्भाव्य कार्यहरु गरिएको जनाएको हो ।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सबै मन्त्रालयहरुले बाढी डुवान भएका क्षेत्रहरुमा एकिकृत रुपले योजना परिचालन गर्न जरुरी रहेको बताए । मन्त्री पुनले तराई मधेशलाई बाढीबाट बचाउन चुरे क्षेत्रमा निर्माणाधीन संरचनाहरु व्यवस्थित गर्नु पर्ने बताए ।

Share News