डिभिजन सडक कार्यालय पोखराका प्रमुख पोखरेल ९ लाख घुस रकम सहित पक्राउ

<p>काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेल सहित ४ जनालाई ९ लाख घुस रकम सहित पक्राउ गरेको छ । बिहीबार अख्तियारको टोलीले कार्यालय प्रमुख पोखरेल सहित इञ्जिनियर पवित्रमणी आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा समेतलाई पक्राउ गरेको हो । डिभिजन सडक कार्यालय पोखरा [&hellip;]</p>


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेल सहित ४ जनालाई ९ लाख घुस रकम सहित पक्राउ गरेको छ । बिहीबार अख्तियारको टोलीले कार्यालय प्रमुख पोखरेल सहित इञ्जिनियर पवित्रमणी आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा समेतलाई पक्राउ गरेको हो ।

डिभिजन सडक कार्यालय पोखरा अन्तरगत सडक स्तरोन्नतीका लागि सम्झौता भई काम शुरु गर्नका लागि पेश्की निकासा गरे बापत जीएसआर निर्माण सेवा पोखराका प्रोपाइटर र डिभिजन सडक कार्यालयका कर्मचारी बीच घुस लेनदेन भइरहेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

घुस बापतको रकम दिए लगत्तै डिभिजन सडकको सरकारी निवासबाट फरार भएको जीएसआर कम्पनीका प्रोपाइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता कोइरालाले जनाएका छन् ।

यता, साउन २३ गते नै अख्तियारको टोलीले पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीउ अधिकृत गिरिराज कोइरालालाई काठमाडौँ स्थित कलेजका विधार्थीहरुको समस्या समाधान गरिदिने भन्दै ६ लाख ७५ हजार घुस सहित पक्राउ गरेको छ । घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको खटिएको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Share News