घर वा अफिसको सामान बिग्रियो ? ‘अनलाइनबाटै सूचना, हेरचार डटकमले दिन्छ चौबीसै घण्टा सेवा’

<p>काठमाडौँ । घरमा वा अफिसमा इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्टिङ, एसी, फ्रिज लगायतका उपकरणमा समस्या आउन सक्छ । यसरी समस्या आउँदा मर्मत गर्न कसलाई बोलाउने भनेर चिन्तित हुनुहुन्छ भने यस्ता समस्याहरुलाई समाधान गर्न १ वर्षदेखि ‘हेरचार डटकम’ले सेवा दिंदै आएको छ । ‘हेरचार डटकम’ मर्मत सेवा प्रदान गर्ने(रिपेयर एण्ड मेन्टिनेन्स सोलुशन) कम्पनी हो । समस्या पर्दा ग्राहकहरुले [&hellip;]</p>


काठमाडौँ । घरमा वा अफिसमा इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्टिङ, एसी, फ्रिज लगायतका उपकरणमा समस्या आउन सक्छ । यसरी समस्या आउँदा मर्मत गर्न कसलाई बोलाउने भनेर चिन्तित हुनुहुन्छ भने यस्ता समस्याहरुलाई समाधान गर्न १ वर्षदेखि ‘हेरचार डटकम’ले सेवा दिंदै आएको छ ।

‘हेरचार डटकम’ मर्मत सेवा प्रदान गर्ने(रिपेयर एण्ड मेन्टिनेन्स सोलुशन) कम्पनी हो । समस्या पर्दा ग्राहकहरुले अनलाइनबाटै खबर गर्न सक्नेछन् । कम्पनीका म्यानेजर दिवस सापकोटाका अनुसार २०७५ साउनबाट काठमाडौँमा हेरचार डटकमले काम शुरु गरेको हो । शुरुमा ३ जना प्राविधिकबाट शुरु भएको हेरचार डटकममा अहिले फुलटाइम काम गर्ने प्राविधिकको संख्या १५ पुगिसकेको छ ।

कम्पनीले दिने सेवाका दायरा फराकिलो बनाउँदै लगेको छ । कम्पनीले ३ मुख्य काम सहित एसी मर्मत, एल्मुनियम पार्टेशन, ग्लास क्लिनिङ, कार्पेट क्लिनिङ, मेसन वक्र्स, ड्राई क्लिनिङ, पेन्टिङ, टेलिफोन मर्मत र नेटवर्किङ सेवा पनि दिन थालेको सेल्स एण्ड मार्केटिङ म्यानेजर उत्सव भट्टराई बताउँछन् ।

कसरी लिने सेवा ?
सेवा लिन चाहने ग्राहकले आफ्ना समस्या र लिन चाहेको सेवाबारे वेव साइट, मोबाइल एप, सामाजिक सञ्जाल र टेलिफोनबाटै हेरचार डटकमको कार्यालयमा जानकारी गराउन सक्नेछन् । त्यसैका आधारमा कम्पनीले सम्बन्धित प्राविधिकहरुलाई आवश्यक औजार÷उपकरणसहित ग्राहकको ठेनानामा पठाउने गर्छ । उपत्यकाभित्र बढीमा २ घण्टा भित्रै आफ्ना प्राविधिकहरु ग्राहकहरुसम्म पुग्ने सेल्स एण्ड मार्केटिङ म्यानेजर भट्टराई बताउँछन् ।

प्राविधिकले समस्याको पहिचान गरी समाधान बारे बताउने छन् । सामान्य किसिमको समस्या छ भने तत्कालै समाधान गरिदिन्छन्, जटिल खाले समस्या भए त्यसको लागत सहितको विवरण तयार गरी मर्मत शुल्कबारे जानकारी दिन्छन् । विवरण तयार पारेको कुनै शुल्क लाग्दैन । ग्राहकले मञ्जुरी दिएपछि मात्र काम अघि बढाइने छ । समस्या समाधानको ठोस् काम भएपछि मात्र शुल्क लिने भट्टराईले बताए । समस्याको गम्भीरतालाई ध्यान दिई २४ सै घण्टा सेवा दिने उनले बताए ।

कम्पनी सञ्चालनको १ वर्षे अवधिमा नै हेरचारले चार सय भन्दा बढी आवासीय ग्राहकहरुका साथै ३ सय भन्दा बढी व्यवसायिक प्रतिष्ठानहरुमा सेवा प्रदान गरिरहेको जनाएको छ । घोराही सिमेन्ट, नबिल बैंक, माछापुछ्रे बैक, हिमालयन बैंक, जनता बैंक, प्रभु इन्स्योरेन्स, आईएमई लाइफ, डब्लूडब्लूएफ, यूएस एड, युनेस्को, रेडक्रस सोसाइटी, अक्सफाम, जगदम्बा ग्रुप, हुलास ग्रुप, गोर्खा ब्रुअरी, निम्बस, डीएचएल, जस्ता प्रतिष्ठित संघसंस्थामा समेत सेवा पुर्याउँदै आएको छ ।

५ करोड चुक्ता पूँजी, प्रतिष्ठित व्यक्ति सञ्चालक
५ करोड रुपैयाँ चुक्ता पूँजी भएको यो कम्पनीको सञ्चालक समितिमा महालक्ष्मी लाइफ इन्स्योरेन्स सिईओ रमेशकुमार भट्टराई, आइएमई लाइफ इन्स्योरेन्सका सिईओ श्रीचन्द्र भट्ट, कमल पन्थी, सुरेश सापकोटा र विनय उपाध्याय रहेका छन् ।

Share News