व्यापारी केडियाले ५६ करोड ४२ लाख रुपैयाँ कर छलेको विभागको दाबी

<p>काठमाडौँ । विद्युतीय कारोबार गर्ने न्यूरोडका व्यापारी अनिल केडियाले आर्थिक वर्ष २०६८/६९ यता साढे ५६ करोड रुपैयाँ कर छली गरेका छन् । आन्तरिक राजस्व विभाग अन्तरगतको नयाँसडक स्थित आन्तरिक राजश्व कार्यालयले बुधबार यस्तो तथ्य सार्वजनिक गरेको होे । व्यापारी केडियाले अनिल ट्रेड कन्सर्नबाट बास्तविक कारोवार लुकाई आयकर र मूल्य अभिवृद्धि करवापत ५६ करोड ४२ लाख [&hellip;]</p>


काठमाडौँ । विद्युतीय कारोबार गर्ने न्यूरोडका व्यापारी अनिल केडियाले आर्थिक वर्ष २०६८/६९ यता साढे ५६ करोड रुपैयाँ कर छली गरेका छन् । आन्तरिक राजस्व विभाग अन्तरगतको नयाँसडक स्थित आन्तरिक राजश्व कार्यालयले बुधबार यस्तो तथ्य सार्वजनिक गरेको होे ।

व्यापारी केडियाले अनिल ट्रेड कन्सर्नबाट बास्तविक कारोवार लुकाई आयकर र मूल्य अभिवृद्धि करवापत ५६ करोड ४२ लाख रुपैयाँ राजस्व छलि गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त कम्पनीका कागजात २५ पुस २०७५ मै बरामद गरिएको जनाइएको छ ।

कर्मचारीका नाममा दर्ता गरेका फर्म/कम्पनीबाट टिभीका पार्टपूर्जा विदेशबाट आयात गरी सामसुङ, सोनी ब्राण्डमा टिभी उत्पादन गरी बजारमा पठाउने गरेको कार्यालयले तथ्य फेला पारेको कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा छानबीन भइरहेको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

Share News