श्रममन्त्री विष्टद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता

<p>काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दहालसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्रालयद्धारा आयोजित कार्यक्रममा श्रममन्त्री विष्टले कार्यसम्पादन पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै सचिव दहालले मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका थिए । यसैगरी सहसचिवहरुले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमा भित्रै [&hellip;]</p>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दहालसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयद्धारा आयोजित कार्यक्रममा श्रममन्त्री विष्टले कार्यसम्पादन पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै सचिव दहालले मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

यसैगरी सहसचिवहरुले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमा भित्रै हासिल गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गरेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरेकाले कार्यक्रममा मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्य पालनामा सघाउ पु¥याउने बताए ।

सो अवसरमा मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उउच्च राख्न मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाए। मन्त्रालयले आउँदो आइतबार भित्रमा शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जानकारी दिएको छ ।

Share News