बिआरआई विश्वकै लागि महत्वपूर्ण परियोजना, नेपाल ल्याण्ड लकबाट ल्याण्ड लिङ्क कन्ट्री बन्ने

<p>काठमाडौं । पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनद्धारा अघि सारिएको महत्वकांक्षी परियोजन बेल्ड एण्ड रोड इनिसियटिभ(बिआरआई) विभिन्न देशहरूबीचको क्षेत्रीय सम्बन्ध र विश्वलाई जोड्ने महत्वकांक्षी परियोजना भएको बताएका छन् । साउथ एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडीज्ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले उक्त महत्वपूर्ण परियोजना अब सर्वस्वीकार्य परियोजना भैसकेको बताएका हुन् । मन्त्री ज्ञवालीले राष्ट्रिय प्राथमिकता [&hellip;]</p>

काठमाडौं । पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनद्धारा अघि सारिएको महत्वकांक्षी परियोजन बेल्ड एण्ड रोड इनिसियटिभ(बिआरआई) विभिन्न देशहरूबीचको क्षेत्रीय सम्बन्ध र विश्वलाई जोड्ने महत्वकांक्षी परियोजना भएको बताएका छन् ।

साउथ एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडीज्ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले उक्त महत्वपूर्ण परियोजना अब सर्वस्वीकार्य परियोजना भैसकेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले राष्ट्रिय प्राथमिकता निर्धारण गरेर नेपालले पनि यसबाट लाभ लिने गरि तयारी अघि बढाएको बताए । बिआरआईमा सहभागिता जनाएपछि नेपाल ल्याण्ड लक कन्ट्रीबाट ल्याण्ड लिङक कन्ट्रि बन्ने उनले बताए ।

नेपालले हवाई रुट, रेल, ट्रान्समिसन लाइन र सडक सञ्जाल लगायका क्षेत्रलाई बिआरआईमा समावेश गरेको उनले जानकारी दिए । उनले केरुङ–काठमाडौं रेलवे नेटवर्क गेम चेञ्जर प्रोजेक्ट हुने जानकारी दिए ।

बिआरआईले एसिया, युरोप र अफ्रिकासहित दक्षिण अमेरिकाका १३० वटा देशले बिआरआईमा सहभागी हुने घोषणा गरिसकेका छन् ।
कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले पनि बिआरआई विश्वका लागि सर्व स्वीकार्य परियोजना भइसकेको बताए । उनले ढिलो छिटो भारत र अमेरिका पनि बिआरईमा समावेश हुने बताए ।

Share News