
काठमाडौँ । महालेखापरीक्षक टंकमणी शर्माले नेपाल अडिटर्स एशोसियशन(अडान)लाई नाम जस्तै काम गर्न निर्देशन दिएका छन् ।
अडानको १४ वर्ष प्रवेशको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निजी क्षेत्रमा संस्थागत सुशासनको अभिबृद्धि गर्न राजश्व प्रशासनलाई नतिजामुखी र प्रभावकारी बनाउन लेखा परीक्षकहरुको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए ।
लेखा परीक्षक आफ्नो निष्ठाबाट दायाँबायाँ हुनु नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा अडानका अध्यक्ष मोहनराज रेग्मीले देशभर छरिएर रहेका ७ हजार भन्दा बढी लेखापरीक्षकहरुलाई आफ्नो पेशामा समर्पित भएर कार्य सम्पादन गर्न आग्रह गरे ।