
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सूचना आयोगमा सरुवा भएको छ ।
एकसाता अघि पनि उनी सो कार्यालयबाट सरुवा भएका थिए र केही दिन अघिमात्र पुनः सोही कार्यालय पद बहाली भएका थिए ।
यातायात मन्त्री रघुवीर महासेठसँगको विवादका कारण यसअघि उनको सरुवा भएको थियो । अहिले पुनः छुट्टै प्रस्ताव लगेर उनको सरुवा भएको हो ।
शुक्रबार नै सरुवा भएपनि उनले पत्र भने बुझिसकेका छैनन् । आइतवारसम्म उनको सरुवाको पत्र पुग्ने मन्त्रालय श्रोतले जनाएको छ । एउटा कर्मचारीलाई एक साता कै बीचमा २ पटक सरुवा गर्नुलाई प्रशासनिक हिसाबमा राम्रो मान्न सकिँदैन ।