स्वदेश मै उद्योग सञ्चालन गरौँ, व्यापार घाटा घटछः अर्थमन्त्री खतिवडा

<p>काठमाडौं । नेपालको व्यापार घाटा घटाउनका गर्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारभन्दा पनि उद्योगमा जोड दिनुपर्ने बताएका छन् । विदेशी वस्तु आयात गरेर व्यापार गर्नु परेकाले व्यापार घाटा वुद्धि भएको बताए । व्यापार घाटा कम गर्न अब व्यापारीहरुले स्वदेशी उद्योग सञ्चालन गरि बस्तु उत्पादन गर्नु पर्ने बताए । व्यापार घाटा कम गर्नका लागि अर्थमन्त्रीले [&hellip;]</p>


काठमाडौं । नेपालको व्यापार घाटा घटाउनका गर्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारभन्दा पनि उद्योगमा जोड दिनुपर्ने बताएका छन् । विदेशी वस्तु आयात गरेर व्यापार गर्नु परेकाले व्यापार घाटा वुद्धि भएको बताए । व्यापार घाटा कम गर्न अब व्यापारीहरुले स्वदेशी उद्योग सञ्चालन गरि बस्तु उत्पादन गर्नु पर्ने बताए ।

व्यापार घाटा कम गर्नका लागि अर्थमन्त्रीले स्वदेशी उद्योगको संरक्षण तथा बाहिरबाट आयात हुने अनावश्यक वस्तुहरुको खपतलाई न्युनिकरण गर्ने बताए । बिहीबार राजधानीमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै उनले आगामी दिनमा अब भन्सार प्रक्रियालाई सहज र सरल बनाइ अघि बढाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन र उद्योगलाई संरक्षण गर्ने नीति लिएको बताएका हुन् ।

सरकार स्वदेशी बस्तु उत्पादनका लागि आवश्यक उपकरणहरु आयात गर्न सहजता प्रदान गर्न लागि परेको जानकारी दिए । सरकारले व्यवसायीले भन्सारहरुमा भोग्नु परेको विभिन्न समस्याहरुको न्युनीकरण र सहजतातिर समेत ध्यान दिएको जानकारी दिए ।

गत आर्थिक बर्षमा अघिल्ला बर्षहरुको तुलनामा बढि भन्सार भएका बस्तुको आयात घटेका कारण राजस्व संकलनमा दवाब सिर्जना भएको अर्थमन्त्री खतिवडाको भनाई छ । ‘गत आर्थिक बर्ष पेट्रोलियम पदार्थ, सवारीसाधन, विलासिताका बस्तुहरुमा कडाई गरिएका कारण यसको आयात घट्न गएको छ, उनले भने, ‘यी बस्तुहरुको आयातमा कमिका कारण राजस्व संकलनका लक्ष्यका केही दवाब सिर्जना भएको बताए ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले प्रतिष्पर्धाको बजारमा कालाबजारी ऐनको कुनै आवश्यक नभएकाले र तत्काल खारेजी गर्नु पर्ने बताए । सरकारकाको सबै निर्णयहरु व्यापारी मान्न तयार भएपनि २०३३ सालदेखिको पुरानो कालाबजारी ऐनले व्यबसायीलाई असजिलो अवस्था सिर्जना गरेको भन्दै यसलाई तत्काल खारेज गर्नुपर्ने बताएका हुन् ।

त्यसैगरी अर्थसचिव राजन खनालले भन्सारमा सवारी जाँचपासका लागि विशेष प्रविधि जडान गर्न लागिएको बताए । प्रविधि जडानपछि भन्सारको अनुगमन प्रभावकारी हुने र व्यक्ति आफैं भन्सार शुल्क बुझाउनु जानु नपर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले देशमा उद्योग चलाउनका लागि एसेम्बिलिङको आवश्यक भएको भन्दै यसका लागि काम गर्नुपर्ने बताए । भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले साना भन्सार कार्यालयमा कर्मचारी टिकाउन गाह्रो भएको बताए । भन्सार कार्यालयबाट चोरी पैठारी बढेको र यसले राजस्व चुहावट भइरहेको पनि बताए ।

Share News