व्यक्तिलाई मुआब्जा दिएर राज्यले नयाँ संरचना बनाउन सक्दैनः मुख्यमन्त्री पौडेल

<p>हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको ब्यबस्था गर्नु पर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसंग भएको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई जरिवानाको व्यबस्थामा कडाई गर्नु पर्ने पनि बताए । उनले निश्चित समयमा ठेकेदारले आयोजना मर्मत गर्ने नीति ल्याउन प्रदेश सरकारले गृहकार्य [&hellip;]</p>


हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको ब्यबस्था गर्नु पर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसंग भएको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई जरिवानाको व्यबस्थामा कडाई गर्नु पर्ने पनि बताए ।

उनले निश्चित समयमा ठेकेदारले आयोजना मर्मत गर्ने नीति ल्याउन प्रदेश सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । मोबिलाईजेसन रकम लिएर कतिपय ठेकेदारले काम नगरेको भन्दै उनले भने–‘मोबिलाईजेसन रकम लिएर कतिपय ठेकेदार सम्पर्क बाहिर रहने गरेका छन् । अब मोबिलाईजेसन रकम बिनै काम गर्ने नीति ल्याउने विषयमा छलफल भईरहेको छ ।’

मुआब्जा दिएर नयाँ संरचना बनाउन सकिन्न
यसैगरी व्यक्तिलाई मुआब्जा दिएर नयाँ संरचना बनाउन नसकिने बताए । मुआब्जा दिएर प्रदेश सरकारले सडक बनाउन नसक्ने स्पष्ट पारे । राज्यले लगानी गरी सडक लगायतका संरचना बनाउँदा ब्यक्तिको सम्पत्तिको मुल्याङ्कन बढ्ने हुँदा सोहि अनुपातमा राज्यलाई सहयोग गर्नु पर्ने बताए ।

मुआब्जाको बखेडा झिक्ने ठाउँमा प्रदेश सरकारले लगानी गर्न नसक्ने बताए । यस्ता क्रियाकलापले राज्य कमजोर हुने र व्यक्ति धनी हुँदै जाने परिपाटि बन्ने उनको बताए । कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. रामचन्द्र ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब कौशलकिशोर झा लगायत सहभागी थिए ।

Share News