प्रत्येक १० किलो मिटरमा भन्सार कार्यालय स्थापना गर्न सकिदैनः अर्थमन्त्री

<p>काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्येक १० किलो मिटरको दूरीमा भन्सार कार्यालय स्थापना गर्न नसकिने बताएका छन् । बिहीबारदेखि राजधानीमा शुरु भएको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने–‘खुला सिमाना छ भन्दैमा छोटो दूरीमा भन्सार कार्यालय स्थापना गर्न मिल्दैन ।’ सो कार्यक्रममा उनले भन्सारबाट आयात १४ प्रतिशतले बढेको बताए । छिमेकी मुलुकको ब्यापारमा [&hellip;]</p>


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्येक १० किलो मिटरको दूरीमा भन्सार कार्यालय स्थापना गर्न नसकिने बताएका छन् । बिहीबारदेखि राजधानीमा शुरु भएको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने–‘खुला सिमाना छ भन्दैमा छोटो दूरीमा भन्सार कार्यालय स्थापना गर्न मिल्दैन ।’

सो कार्यक्रममा उनले भन्सारबाट आयात १४ प्रतिशतले बढेको बताए । छिमेकी मुलुकको ब्यापारमा बैंकिङ प्रणाली पूर्ण रुपमा लागु गर्न ग्राहो भइरहेको उनले बताए । चीनसँगको साधारण सहमतिमा मात्र ब्यापार चलेको बताउँदै उनले भने–‘चीनसँगको सम्बन्धमा थप सुधार गर्दै जानु पर्छ ।’

भन्सारको रणनीतिमा उद्योगको संरक्षण कसरी गर्न सकिन्छ भन्ने उल्लेख छ, मुलुकको आफ्नौ औद्योगिक आयाम विकास गर्नु पर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए ।

शुक्रबारसम्म सञ्चालन हुने गोष्ठीको उद्घाटन समारोहमा अर्थसचिव डा. राजन खनाल, राजश्व सचिव लालशंकर घिमिरे, महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम, भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, चेपाल चेम्बर अफर कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, अर्थमन्त्रालयका सहसचिवहरु, आन्तरिक राजश्व विभागका महानिर्देशक, राजश्व अनुसन्धान विभागका महानिर्देशक, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख, समुन्द्रपार निकासी पैठारी संघ, हिमालय सीमापार व्यापार संघ, भन्सार एजेन्ट महासंघ, र नेपाल फ्रेट फरवार्ड एशोसियशन लगायतका संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Share News