१ किलो सुनसहित पेम्बा ढुण्डुप तामाङ पक्राउ

<p>काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले १ किलो सुन सहित १ जनालाई पक्राउ गरेको छ । रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको [&hellip;]</p>

काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले १ किलो सुन सहित १ जनालाई पक्राउ गरेको छ ।

रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए । “नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ”, उनले भने ।

सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News