राजश्व अनुसन्धान विभागले काठमाडौँ भ्यूटावरका सञ्चालकसहित ४ जना बिरुद्ध दर्ता गर्यो मुद्दा

<p>काठमाडौँ । राजश्व अनुसन्धान विभागले बुधबार हुन्डी कारोबार गरेको अभियोगमा चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले ४ करोड ६० लाख ४२ हजार ८ सय रुपैयाँ विगो दावी गर्दै मुद्दा दर्ता गरेको हो । विगोको तीन गुणा सजाय र तीन बर्ष कैदको माग गरिएको छ । निशा गुरुङ र काठमाडौं [&hellip;]</p>

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बुधबार हुन्डी कारोबार गरेको अभियोगमा चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले ४ करोड ६० लाख ४२ हजार ८ सय रुपैयाँ विगो दावी गर्दै मुद्दा दर्ता गरेको हो । विगोको तीन गुणा सजाय र तीन बर्ष कैदको माग गरिएको छ ।

निशा गुरुङ र काठमाडौं भ्युटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत चार जना बिरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

विभागद्वारा प्रकाशित विज्ञप्तीमा गुरुङले सिङ्गापुरका आफन्त तथा साथीभाइसँग भ्युटावर निर्माण गर्न भनेर पैसा उठाएको उल्लेख छ । ‘गुरुङले बैंकिङ प्रणालीभन्दा बाहिरबाट पैसा राजकुमार बिष्ट र उनका भाइ शिव बिष्टको सहयोगमा भ्युटावरका सञ्चालक भेटवालसँग मिलेर अन्य ब्यक्तिलाई वितरण गरेको भेटिएको छ’–विभागले जनाएको छ ।

Share News