काठमाडौँ । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी पूजा नेपाली पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मंगलबार सितापाइलाबाट उनलाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगार न्यायाधिकरणले २०६९ असार ३ गते वैदेशिक रोजगारमा मानिस पठाउने इजाजत पत्र बिना नै शान्तकुमार तामाङसँग साइप्रस पठाई दिन भन्दै २०६६ असार २१ गते १० लाख ५० हजार ठगी गरेको ठहर गर्दै नेपालीलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको लागि नेपालीलाई बुधबार जिल्ला अदालत पेश गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारामा पठाएको जनाइएको छ ।