संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा योगेश भट्टराई नियुक्त

<p>काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा नेकपाका युवा नेता योगेश भट्टराई नियुक्त भएका छन् । तत्कालीन पर्यटन मन्त्री रबीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री केपी ओलीले नै सम्हाल्दै आएका थिए । नव नियुक्त पर्यटन मन्त्रीले अहिले ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण कार्यक्रमको तयारी गरिएको छ । नव नियुक्त [&hellip;]</p>


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा नेकपाका युवा नेता योगेश भट्टराई नियुक्त भएका छन् ।

तत्कालीन पर्यटन मन्त्री रबीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री केपी ओलीले नै सम्हाल्दै आएका थिए ।

नव नियुक्त पर्यटन मन्त्रीले अहिले ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण कार्यक्रमको तयारी गरिएको छ ।

नव नियुक्त पर्यटन मन्त्री तत्कालीन नेकपा(एमाले)का सचिव हुन् । उनी स्पष्टवक्ता र युवाहरु माझ लोकप्रिय छन् । प्रतिनिधि सभामा ताप्लेजुङ जिल्लाबाट उनी निर्वाचित सांसद हुन् ।

Share News