वडा कार्यालयमा आगजनी, अध्यक्षको घरमा ढुङ्गामुढा

<p>रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात जलेर खरानी भएको छ । वडा अध्यक्ष रवि देवकोटाको घरमा समेत अज्ञात समूहले ढुंगामुढा गरेको छ । ढुंगामुढाबाट देवकोटाको घरको झ्यालका सिसा फुटेका छन् । वडा कार्यालय छेउमा रहेको चौतारामा बम समेत राखिएको थियो [&hellip;]</p>


रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात जलेर खरानी भएको छ ।

वडा अध्यक्ष रवि देवकोटाको घरमा समेत अज्ञात समूहले ढुंगामुढा गरेको छ । ढुंगामुढाबाट देवकोटाको घरको झ्यालका सिसा फुटेका छन् । वडा कार्यालय छेउमा रहेको चौतारामा बम समेत राखिएको थियो । नेपाली सेनाले डिस्पोज गरेको त्रसित स्थानीय बासिन्दाले बताए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी कवित कटवालले घटनाको विषयमा गहन रुपमा अनुसन्धान भैरहेको र आगजनी गर्नेको खोजी कार्य समेत भइरहेको बताए ।

प्रतिबन्धित नेकपा(विप्लव समूह)ले आज बागमती सहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ । बन्दको पूर्व सन्ध्यामा विप्लव समूहले नै यो सबै गरेको हुन सक्ने प्रहरीको भनार्इ रहेको छ ।

दुई वटा गाडीमा आगजनी
यता, विप्लव नेतृत्वको समूहले मंगलबार राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।

विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए ।

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।

Share News