मानव अधिकारवादी संस्था हिमराइट्सद्वारा शैक्षिक सामाग्री वितरण

<p>काठमाडौँ । हिमालयन मानव अधिकारकर्मी समूह(हिमराइट्स)को आयोजना कोर इन्टरनेशनल क्यानडाको सहयोग तथा मकवानपुरको मनहरी गाउँ पालिकासंगको सहकार्यमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । मनहरी वडा नं ३ सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालय र गाउँ पालिकाका वडा नं ६ स्थित सगरमाथा आधारभूत विद्यालयमा सिमान्तकृत समुदायकको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत शैक्षिक [&hellip;]</p>


काठमाडौँ । हिमालयन मानव अधिकारकर्मी समूह(हिमराइट्स)को आयोजना कोर इन्टरनेशनल क्यानडाको सहयोग तथा मकवानपुरको मनहरी गाउँ पालिकासंगको सहकार्यमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मनहरी वडा नं ३ सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालय र गाउँ पालिकाका वडा नं ६ स्थित सगरमाथा आधारभूत विद्यालयमा सिमान्तकृत समुदायकको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालयमा साउन ६ गते २७ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको हो । त्यसैगरी साउन १३ गते सगरमाथा आधारभूत विद्यालय रुपाचुरी वडा नं ६ का २१ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको हो ।

प्रजा आधारभूत विद्यालय सिद्धकालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद खनालको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी सगरमाथा आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य राममाया चेपाङको सभाध्यक्षता तथा मनहरी गाउँ पालिकावडा नं ६ का वडाअध्यक्ष गोपीलाल मोक्तानको प्रमुख आतिथ्यता र प्रधानाध्यापक खड्कबहादुर मोक्तानको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न हो ।

कक्षा १ देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई वर्ष भरि आवश्यक पर्ने कपी दुई दर्जन, कलम, पेन्सिल, सापनर, जोमेट्रीवक्स, साना बालबालिकाहरुलाई कलर पेन्सिल, पेन्सिल र विद्यालयका पोशाक वितरण गरिएको हो । यस वर्ष मात्र सहयोग गरिएका बालबालिकाहरुलाई पानी पिउने बोतल, टिफिन वक्स, व्याग जस्ता सामाग्री पनि वितरण गरिएको हिमराइट्सकी कार्यक्रम संयोजक कुमारी वाइबाले बताइन् ।

Share News