नेपालमा व्यापार सहज बनाउन भारतको सहयोग चाहिन्छः प्रधानमन्त्री ओली

<p>काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ब्यापार बढाउन भारतको सहयोग अति आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा शुरु भएको नेपाल भारत पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै ओलीले नेपालको व्यापारमा लगानी बढाउन, दुई देशबीचको सम्बन्ध सुदृढ पार्न र व्यापार सहज बनाउन भारतको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न विकासका पूर्वाधारहरुका बारेमा बोल्दै उनले [&hellip;]</p>


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ब्यापार बढाउन भारतको सहयोग अति आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा शुरु भएको नेपाल भारत पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै ओलीले नेपालको व्यापारमा लगानी बढाउन, दुई देशबीचको सम्बन्ध सुदृढ पार्न र व्यापार सहज बनाउन भारतको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न विकासका पूर्वाधारहरुका बारेमा बोल्दै उनले सडक, रेल र पेट्रोल लाईन सेवाको विस्तार गरेर दुई देशबीचको व्यापार तथा सम्बन्धलाई सहज र सुदृढ बनाउन वर्तमान सरकार लागि परेको बताए । उनले भारतबाट नेपालमा सहज ढंगले सामान ढुवानी गर्न पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट सहयोगको अपेक्षा रहेको बताए । यसका साथै ओलीले भारतसँग नेपालको उच्च व्यापार घाटा भएको बताउँदै व्यापारमा पनि सन्तुलित हुनु पर्नेमा पनि जो्ड दिए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले सम्बृद्ध नेपाल सुखी नेपाली नारा रहेको नेपालको विकास र समृद्धिका लागि भारत सहयोग गर्न सधैं सकारात्मक रहेको बताए । उनले नेपनल भारतको वाणिज्य सम्बन्ध सकरात्मक रहेको बताउँदै पेट्रोलियम पाइपलाइन र रेलवेबाट नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै उद्योग वाण्ज्यि महासंघकी अध्यक्ष भवानी राणाले पारवहन सम्बन्धी समस्या समाधानका लागि सम्मेलनको आयोजना गरिएको बताईन् । कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रका विज्ञहरुको सहभागिता र छलफल रहने बताइएको छ । सम्मेलन सोमबारसम्म सञ्चालन हुनेछ ।

Share News