पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित

<p>काठमाडौं । पश्चिमाञ्चल विकास मञ्चको कार्य समितिले नयाँ नेतृत्व छनौट गरेको छ । शनिवार सम्पन्न भएको निर्वाचनमा व्यवसायी चन्द्रप्रसाद ढकाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । पश्चिमाञ्चल विकास मञ्च लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलका १६ जिल्लाको साझा संस्था हो । नव निर्वाचित कार्य समितिको उपाध्यक्षहरूमा ज्ञानेन्द्र बिक्रम महत (धाैलागिरी) मदनकुमार महत  (गण्डकी),  शोभाकर न्यौपाने  (लुम्बिनी) निर्वाचित भएका छन् [&hellip;]</p>

काठमाडौं । पश्चिमाञ्चल विकास मञ्चको कार्य समितिले नयाँ नेतृत्व छनौट गरेको छ । शनिवार सम्पन्न भएको निर्वाचनमा व्यवसायी चन्द्रप्रसाद ढकाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । पश्चिमाञ्चल विकास मञ्च लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलका १६ जिल्लाको साझा संस्था हो ।

नव निर्वाचित कार्य समितिको उपाध्यक्षहरूमा ज्ञानेन्द्र बिक्रम महत (धाैलागिरी) मदनकुमार महत  (गण्डकी),  शोभाकर न्यौपाने  (लुम्बिनी) निर्वाचित भएका छन् । महासचिवमा यादब भट्टराई, सचिवमा नारायणप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा योगराज कडेल शर्मा, सहकोषाध्यक्षमा रामजी प्रसाद बराल निर्वाचित भएका छन् ।

सदस्यहरूमा  सुदर्शन पौडेल, सदस्य मायाकुमारी ढकाल,  दण्डपाणि सुबेदी,  कर्म गुरुङ, नवराज पन्त, लालबहादुर भुजेल, श्रीराम पौडेल, डा. बिमला शाक्य,  गौ बहादुर आले, चिन्तामणि न्यौपाने,  विष्णु बहादुर सिंह,  दिग्विजयनाथ मिश्र,  विष्णुहरी पाण्डे, शरदचन्द्र पौडेल,  शालिकराम सापकोटा निर्वाचित भएका छन् । प्रत्येक जिल्लाबाट एक एक जना सदस्य निर्वाचित हुने मञ्चकाे विधान रहेकाेले साेही अनुसार निर्वाचित भएकाे बताइएकाे छ ।

Share News