
काठमाडौँ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण मूल्याङ्कन समितिले चुरे संरक्षण कार्यक्रमले प्रभावकारी भूमिका खेल्न सक्ने निष्कर्ष निकालेको छ ।
शुक्रबार राजधानीमा राष्ट्रिय गौरबको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लेखाजोखा तथा मूल्याङ्कन र सोध सम्वन्धि प्रस्तुतीकरणमा मूल्याङ्कन समितिले यस कार्यक्रमले चुरे क्षेत्र जोगाउन प्रभावकारी भूमिका खेल्नसक्ने प्रतिवेदन प्रस्तुत गरेको हो ।
प्रतिवेदन अनुसार चुरे कार्यक्रमले सोचेअनुरुपको लक्ष्य हाँसिल गरेको देखाएको छ । चुरे संरक्षणका लागि पर्याप्त रकम आवश्यकता रहेको पनि प्रतिवेदनमा औंल्याएको छ । गुरु योजना अनुसार नदी नियन्त्रणका लागि चुरे कन्भरसेसन फण्ड स्थापना कामा अघि बढाउनु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक गर्न शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बिज्ञ डा.कृष्णराज तिवारी, नीति तथा संस्था विशेषज्ञ रिडीश पोखरेल, वन तथा जैविक विविधता विशेषज्ञ सन्तोष रायमाझी, जीआइएस विशेषज्ञ बिनोद हेजो र जीविका विशेषज्ञ बिर खनालको उपस्थिति थियो ।