
काठमाडौँ । राष्ट्रिय सूचना आयोगमा सरुवा भएका कुमारप्रसाद दाहाल पुनः यातायात व्यवस्था विभागमै महानिर्देशकका रुपमा फर्किएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठसँग विवाद भएपछि केही दिन अघि मात्रै उनको राष्ट्रिय सूचना आयोगमा सरुवा भएको थियो । दाहालको सरुवापछि मन्त्री महासेठको आलोचना भएको थियो ।
यसअघि दाहाल विराटनगर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।