काठमाडौं । धेरै चर्चा र ठूलो दवावकाबीच क्लिन फिड कार्यान्वयन सम्बन्धि दफा संसदिय समितिबाट पास भएको छ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको उक्त दफा पास गरेको हो ।
समितिले पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गर्ने पूर्वाधार तयार पार्नुपर्नेछ भने नयाँ सेवा प्रदायकहरुले भने ऐन लागु भएकै दिनदेखि क्लिन फिड लागु गर्नुपर्ने गरी समितिले क्लिन फिड सम्बन्धि बुँदा पास गरेको हो ।
समिति सभापति कल्याणी खड्काले पुराना सेवा प्रदायकहरुका हकमा एक वर्षको समय सिमा दिइएको र नयाँ सेवा प्रदायकहरुले तत्कालै लागु गर्नुपर्ने व्यवस्था गरेको बताइन् ।