काठमाडौं । चालु आर्थिक वर्षदेखि वैदेशिक रोजगारमा जानेलाई वर्ष भरी नै लगानी गर्ने अवसर प्राप्त भएको छ ।
बुधबार काठमाडौंको र्याडिसन होटलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति प्रस्तुत गर्ने क्रममा उक्त घोषणा गरेका हुन् ।
पछिल्लो समय वैदेशिक रोजगारको चर्चा भई रह्दा उक्त विषय प्रति सबैको ध्यान केन्द्रीत रहेको पाइन्छ ।