विदेशमा ज्यान गुमाएका ७१५ ले पाए साढे ४८ करोड क्षतिपूर्ति

<p>काठमाडौं । गत आथिर्क वर्ष वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका सात सय १५ जनाले ४८ करोड ४५ लाख क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीमा ज्यान गुमाएकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले क्षतिपूर्ति वापत आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । बोर्डले उपलब्ध गराएको सो रकम मृतक परिवारले प्रति मृतक ६ लाख ७७ हजारका दरले पाएका छन् [&hellip;]</p>

काठमाडौं । गत आथिर्क वर्ष वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका सात सय १५ जनाले ४८ करोड ४५ लाख क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीमा ज्यान गुमाएकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले क्षतिपूर्ति वापत आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । बोर्डले उपलब्ध गराएको सो रकम मृतक परिवारले प्रति मृतक ६ लाख ७७ हजारका दरले पाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ६ लाख १२ हजार ६ सय ८५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

गत आर्थिक वर्षमा पाँच लाख आठ हजार आठ सय २८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । बोर्डले गम्भिर घाईते, अंगभंग भएका ३३५ कामदारलाई ९ करोड १४ लाख रुपैंयाँ उपचार खर्च प्रदान गरेको छ । बोर्डले सम्बन्धित देशको कुटनीतिक नियोगसँग समन्वय गरेर मृतक परिवारलाई आर्थिक सहयोग र घाइतेलाई उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।

नेपालले १ सय ३४ वटा देशमा श्रम स्वीकृति लिएको छ । श्रम स्वीकृती लिएका देशहरूमा कामदार पठाउँदै आएको छ ।

Share News