वाणिज्य विभागका महानिर्देशक गौचनले व्यवसायीहरुलाई भने-‘सही काम गर्नुस् डराउनु पर्दैैन’

<p>काठमाडौँ । वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सिमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शले चेम्बर सचिवालय जमल काठमाडौंमा आयोजना गरेको वाणिज्य सम्बन्धी समसामयिक विषय अन्तर्गतको साक्षात्कारमा उनले वाणिज्य व्यवसायमा सहजीकरणको सन्दर्भमा भन्सारका दरहरु बढेको [&hellip;]</p>


काठमाडौँ । वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सिमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शले चेम्बर सचिवालय जमल काठमाडौंमा आयोजना गरेको वाणिज्य सम्बन्धी समसामयिक विषय अन्तर्गतको साक्षात्कारमा उनले वाणिज्य व्यवसायमा सहजीकरणको सन्दर्भमा भन्सारका दरहरु बढेको बताए । विश्व व्यापार संगठनको सिद्धान्त अनुसार मुलुकको बाध्यताले अधिकतम भन्सार दर लगाइएको कुरा व्यक्त गर्दै उपभोक्ता संरक्षण ऐन अनुसार लेवल लगाईएका वस्तु बिक्रि गर्नुपर्नेमा सबै उद्यमी व्यवसायीलाई सजग भई कार्य गर्नुपर्नेमा जोड दिए ।

बजार अुनगमन निरन्तर प्रक्रिया रहेको भईरहेको जानकारी गराउँदै खरीद बिल जारी गर्दा र बिक्रि विल जारी गर्ने समेत अनिवार्य भएकोले सो नभएमा जरिवाना गर्ने कानूनी प्रावधान रहेको र यसमा मिडियालाई ल्याएर प्रचार गराउनेतर्फ विभाग नलागेकोमा विश्वस्त हुन व्यवसायीलाई बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले बजार अनुगमनलाई कहाँ के कस्तो कमजोरी छ पहिल्याएर त्यसमा नै पुर्नविचार गरी नयाँ ढंगले सोच्नुपर्ने कुरा औल्याए । सो कार्यक्रममा नेपाल युथ चेम्बरका सभापति दिपेश तुलाधरले बजार अनुगमन गर्दा सरकारले उपभोक्ता र व्यवसायको संरक्षण गर्नुपर्ने बताए ।

Share News