ईक्यानको १३ औं शैक्षिक मेला आजबाट शुरू, ४ दिन सम्म चल्ने

<p>काठमाडौं । ईक्यानको १३ औं शैक्षिक मेला आजबाट सुरु भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले काठमाडौंको भृकुटीमण्डपमा आउँदो ४ दिन सम्मको लागि मेला आयोजना गरेको हो । मेला असार २९ गते आईतबाटसम्म संचालन हुँदैछ । शैक्षिक मेलाको उद्घाटन पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए। मेलाको उद्घाटनमा बोल्दै भट्टराईले नेपाली युवायुवतीहरु अध्ययनको लागि जुनै पनि [&hellip;]</p>

काठमाडौं । ईक्यानको १३ औं शैक्षिक मेला आजबाट सुरु भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले काठमाडौंको भृकुटीमण्डपमा आउँदो ४ दिन सम्मको लागि मेला आयोजना गरेको हो । मेला असार २९ गते आईतबाटसम्म संचालन हुँदैछ ।

शैक्षिक मेलाको उद्घाटन पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए। मेलाको उद्घाटनमा बोल्दै भट्टराईले नेपाली युवायुवतीहरु अध्ययनको लागि जुनै पनि देश जानलाई स्वतन्त्र भएको बताए । ज्ञान र विज्ञान नै बिकासको मुलधारा भएकोले विदेश पढ्न गएपछी नेपालमा आएर आफ्नो ज्ञानको उपयोग गर्न आग्रह गरे । राज्यले गुणस्तरिय शिक्षा दिन नसकेकोले पनि आफुहरुले विद्यार्थीहरुलाई नरोक्ने भट्टराईले बताए।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रव्रिती, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उत्तरदायित्व रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए ।

यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था पनि गरेको छ । यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा नि:शुल्क बससेवा व्यवस्थापन गरेको ईक्यानले जानकारी दिएको छ ।

Share News