काठमाडाैं । नेपाल इन्जिनियरिङ्ग कलेज, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ्ग विभागमार्फत आयोजित टक कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायणमा अवस्थित एक दिने कार्यक्रम इन्जिनियरिङ्ग स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको विभिन्न क्षेत्रका अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धानले समाजमा पार्ने सकरात्मक प्रभावको बारेमा धारणा राखेका थिए ।
विभागीय प्रमुख ई. रुपेशदहि श्रेष्ठको अध्यक्षतामा संचालित सो कार्यक्रममा फुटुङ्ग रिसर्च इन्स्टिच्युट, गोल्डुङ्गाका अनुसन्धानकर्ता डा. रिजन महर्जनले आफ्नो अनुसन्धान ‘ चिप् बेस्स ओसीटि मेजरमेन्ट सिस्टम’ नामक विषयमा प्रस्तुतिकरण दिए । डा. महर्जनले नेपालमा बढ्दै गैरहेको श्वास प्रश्वास सम्बन्धी बिरामीहरूको संख्या प्रति इङ्गित गर्दै ओप्ट्किल चिप् प्रयोग ल्याउन सकेको खण्डमा सुरुवाती रोगको पहिचान गर्नका पर्ने बताए । त्यस्तै इन्जिनियरिङ्गका अनुसन्धानकर्ता नरेन्द्र बज्राचार्यले यस क्षेत्रको विषयमा धारण राखेका थिए भने अनुसन्धानकर्ता दिपङ्कर शाक्यले टेलिमेट्री बेस्ड वाटर लेभल मोलयटोरिङ्ग सिस्टम लगायतका रिसर्च बारेमा जानकारी दिएको थियो ।
कार्यक्रममा इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग बिभागका तेश्रो र चौथो बर्षका विद्यार्थीहरू तथा शिक्षकहरूको सहभागी थियो । कार्यक्रमको समापन गर्दै विभागीय प्रमुख ई. श्रेष्ठले नेपाल इन्जिनियरिङ्ग कलेजले स्थापना कालदेखि नै अनुसन्धान मूलक शिक्षामा जोड दिदै आएको र आफ्नो विभागले यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।