
काठमाडौं । राष्ट्र बैंक संचालक समितिका सदस्य समेत रहेका अर्थ सचिव डा. राजन खनाल अमेरिका गएका कारण आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने समय केही पछि सर्ने भएको छ ।
सचिव खनाल मंगलबार राति अमेरिका गएका र उनी साउन २ गतेमात्रै नेपाल फर्कने कार्यक्रम रहेकोले यसअघि तय गरिएको असार २७ गते मौद्रिक नीति सार्वजनिकको मिति पछि सरेको हो ।
राष्ट्र बैंकले बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँग गरेको छलफल कार्यक्रममा असार २७ गते मौद्रिक नीति ल्याउने बताएको थियो । अर्थ सचिव बाहिर हुनुभएकोले साउन पहिलो सातामापनि मौद्रिक नीति आउन गाह्रो छ,’ राष्ट्र बैंक श्रोतले भन्यो-‘ सचिवज्यू आएपछि तीन/चार वटा त बैठक नै हुन्छ ।’ त्यसपछि मौद्रिक नीति आउने हो ।’