उद्योग मन्त्री यादवले भने-‘सरकार पछि हटेको छैन, तरकारी र फलफूलको विषादी जाँच गर्छौँ’

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादीयुक्त तरकारी र फलफूलको विषादी जाँचमा सरकारपछि नहट्ने बताएका छन् । प्रयोगशालाको व्यवस्था गरेर भारतबाट आयात हुने र नेपालमा नै उत्पादन हुने तरकारी तथा फलफूलमा विषादी जाँचमा कडार्इ गर्ने बताएका छन् । यसको लागि कतैबाट पनि पत्र नआएको पनि मन्त्रीले बताए । सोमबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादीयुक्त तरकारी र फलफूलको विषादी जाँचमा सरकारपछि नहट्ने बताएका छन् ।

प्रयोगशालाको व्यवस्था गरेर भारतबाट आयात हुने र नेपालमा नै उत्पादन हुने तरकारी तथा फलफूलमा विषादी जाँचमा कडार्इ गर्ने बताएका छन् । यसको लागि कतैबाट पनि पत्र नआएको पनि मन्त्रीले बताए ।

सोमबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले भने-‘ आफूहरु निर्णयबाट ब्याक भएको नभई उल्टो नाकाबन्दी हुने अवस्था भएकाले पूर्ववर्ती अवस्थामा फर्केको हो ।’

जनतालाई सरकारले स्वच्छ तरकारी तथा फलफूल खुवाउनका लागि क्याविनेटमा छलफल गरेर चाँडै नै प्रयोगशालाको व्यवस्था गरेर विषादीको जाँचमा कडाई गर्ने उनको भनाई थियो ।

मन्त्री यादवले वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवले धोका दिएको बताए । सचिवहरुले गर्दा नै मलाई गाह्रो भयो, सचिवहरुले सबै मिलाउनु पर्ने थियो, सचिवहरुको गडवडी छ– मन्त्री यादवले भने । सचिवहरुप्रति पूर्ण विश्वास गरेकाले पनि अहिले मन्त्री बद्नाम भएको गुनासो गरे । सचिवले धोका दिएको कारण विषादी परीक्षणको निर्णय कार्यान्वयन हुन नसकेको पनि उनले बताए ।

 

Share News