
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले मुलुकको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि व्यापार विविधीकरणमा जोड दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्शले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । “नेपाल आत्मनिर्भर भएका क्षेत्रको उत्पादनको निर्यातमा बढीभन्दा बढी जोड दिनुपर्छ, केही महिनापछि हामी बिजुली निर्यात गर्न सक्षम हुँदैछौँ, यसले व्यापारघाटा न्यूनीकरण गर्न मद्दत पुग्नेछ” उनले भने, “क्लिङ्कर, सिमेन्टलगायत केही उत्पादनमा हामी आत्मनिर्भर भएका छौँ । निर्यात मात्र होइन, आन्तरिक माग धान्न सक्नेगरी उत्पादन गर्दै आयात प्रतिस्थापन गर्न सकेमा स्वतः व्यापार घाटा न्यूनीकरण हुँदै जानेछ ।”
आगामी आवको बजेटले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने केही शक्तिवद्र्धक पेय पदार्थको आयातमा रोक लगाएको सचिव खनालले प्रष्ट पारे । सरकारले भुक्तानी नदिएर विकास आयोजना अगाडि नबढेको भन्ने विषय हल्ला मात्र भएको उल्लेख गर्दै उनले रकमका कारण कुनै आयोजना अवरुद्ध भएका भए तत्काल छलफलका लागि आउन निर्माण व्यवसायीलाई आग्रह गरे ।