ओस्कार अवार्ड नेपालमा हुन्छ भने १० औं अर्ब खर्च गर्छाैंः सञ्चार मन्त्री

<p>काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हलिउडको ओस्कार अवार्ड नेपालमा आयोजना हुने वातावरण बने १० औं अर्ब खर्च गर्न तयार रहेको बताएका छन् । संसदको विकास तथा प्रविधि समिति बैठकमा विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथीको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भने–‘हलिउडले नेपालमा ओस्कार आयोजना गर्छु, खुम्बुमा जान्छु भन्यो भने १० औं [&hellip;]</p>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हलिउडको ओस्कार अवार्ड नेपालमा आयोजना हुने वातावरण बने १० औं अर्ब खर्च गर्न तयार रहेको बताएका छन् । संसदको विकास तथा प्रविधि समिति बैठकमा विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथीको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भने–‘हलिउडले नेपालमा ओस्कार आयोजना गर्छु, खुम्बुमा जान्छु भन्यो भने १० औं अर्ब खर्च गर्न तयार छौं, त्यसले १० औं खर्बको प्रचार गर्छ ।’

सञ्चार मन्त्री बास्कोटाले आईफा अवार्डमा घाटाको व्यापार नगर्ने पनि स्पष्ट पारे । उनले भने–‘आईफामा सरकारले घाटाको व्यापार गर्दैन, आर्थिक र सांस्कृतिक पक्ष हेरिन्छ ।’ उनले नेपालले एक अर्ब खर्च गर्न लागेको हल्ला प्रति संकेत गर्दै भने–‘महानगरले ४० करोड खर्च गर्नेबारे सोच्यौं, आईफाले ५६ करोडको टेण्ट नै ल्याउँदैछ ।’ उनले श्रीलंकाले सन २०१७ मा आयोजना गरेको आईफा अवार्डमा एक अर्ब ६० करोड खर्च गरेर ४ अर्ब १० करोड आम्दानी गरेको तथ्यांक पनि सुनाए ।

विज्ञापन भ्रम हो, क्लिन फिडबाट पछि हट्दैनौं  ।’ उनले विज्ञापनलाई भ्रमको संज्ञा पनि दिए । ‘सबै खाले विज्ञापनहरु भ्रम हुन, अलमल्याउने काम हो, आफुलाई मात्रै राम्रो देखाउने माध्यम हो ।’, मन्त्री बास्कोटाले भने ।

उनले नेपालमा विज्ञापनको औपचारिक बजार १२ अर्बको रहेको तथा अनौपचारिक बजार भने ५० औं अर्बको हुन सक्ने पनि बताए । ‘सरकार क्लिन फिड नीतिबाट पछि हट्दैन, यो आत्म सम्मानको कुरा हो, देशको इज्जतको कुरा हो’, मन्त्री बास्कोटाले भने ।

Share News