फोरजी सेवा विस्तारको लागि चौधरी ग्रुप र हुवावेबीच ११ अर्बको सम्झौता

<p>काठमाडौं। चौधरी ग्रुपलेले चीनको हुवावे कम्पनीसँग ११ अर्बको सम्झौता गरेको छ । नेपालमा फोरजी सेवा सञ्चालन गर्ने चौधरी ग्रुपले हुवावेसँग सम्झौता गरेको हो । सिजीले शुरुमा फोरजी सेवाको लागि २७ अर्ब लगानी गर्ने सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताए । उक्त फोरजी सेवामा निःशुल्क भ्वाइस कलहरु हुने, तर मुख्यतः मोबाइल डाटा र अनलाइन भुक्तानी र अन्य [&hellip;]</p>

काठमाडौं। चौधरी ग्रुपलेले चीनको हुवावे कम्पनीसँग ११ अर्बको सम्झौता गरेको छ । नेपालमा फोरजी सेवा सञ्चालन गर्ने चौधरी ग्रुपले हुवावेसँग सम्झौता गरेको हो ।

सिजीले शुरुमा फोरजी सेवाको लागि २७ अर्ब लगानी गर्ने सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताए । उक्त फोरजी सेवामा निःशुल्क भ्वाइस कलहरु हुने, तर मुख्यतः मोबाइल डाटा र अनलाइन भुक्तानी र अन्य सेवाहरूमा फोकस गर्ने उनले बताए ।

नेपालमा चाउचाउ उद्योगबाट व्यवसाय शुरु गरेको चौधरी ग्रुपले वाइवाइ चाउचाउलाई एसियाको कुनाकुनामा पुर्याएको छ । ग्रुपले रिसोर्ट हुँदै अहिले आएर दूरसञ्चार क्षेत्रमा पनि लगानी गर्न लागेको हो ।

फोरजी सेवाको शुरु गर्न हुवावेले ११ अर्बको उपकरणहरुको आपूर्ति गर्ने र भविश्यमा त्यसलाई फाइभजीको रुपमा पनि विस्तार गर्न सक्ने चौधरीले बताए ।

Share News