काठमाडौं। प्रत्येक स्थानीय तहमा न्युनतम एक सुविधासम्पन्न एम्बुलेन्सको व्यवस्था हुने भएको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य निती २०७६ प्रस्तुत गर्दै प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्सको व्यवस्था गर्ने बताएको हो।
यसका साथै मन्त्रालयले हवाई उद्दारको लागि हवाई एम्बुलेन्सको पनि विकास गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताए।
मन्त्री यादवले यो नितीहरु छिट्टै नै लागु हुने बताएका छन्। सोमबार स्वास्थ्य निती २०७६ प्रस्तुत गर्दै मन्त्रालयले आकस्मिक स्वास्थ्य उपचार कोशको पनि व्यवस्था गर्ने जनाएको छ।