प्रधानमन्त्रीले गरे श्रम सम्मेलनको उद्घाटन, सन् २०३०सम्म ६८ लाख जनशक्ति उत्पादन गर्ने तयारी

<p>काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गरेका छन् । काठमाडौंमा भएको उक्त सम्मेलनमा प्रधानमन्त्रीले २ देखि ५ वर्षको अवधिमा नेपाली कृषि तथा श्रम बजारमा ठूलो रुपान्तरण हुने प्रधानमन्त्रीले बताए । उक्त सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले विकास गर्ने चाहाना हुँदा पनि अवसरको अभावका कारण प्रत्येक वर्ष लाखौं युवा विदेशीन बाध्य [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गरेका छन् । काठमाडौंमा भएको उक्त सम्मेलनमा प्रधानमन्त्रीले २ देखि ५ वर्षको अवधिमा नेपाली कृषि तथा श्रम बजारमा ठूलो रुपान्तरण हुने प्रधानमन्त्रीले बताए । उक्त सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले विकास गर्ने चाहाना हुँदा पनि अवसरको अभावका कारण प्रत्येक वर्ष लाखौं युवा विदेशीन बाध्य रहेको हुँदा अब आकर्षक रोजगारीको अवसर सिर्जना गरि रोजगारी भित्र नै उपयुक्त पारिश्रमिक, सम्मानित काम गर्दै अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सन् २०३० सम्ममा ६८ लाख जनशक्ति उत्पादन गर्नु पर्ने आवश्यकता रहेको र सोही अनुसार कार्य विधिको तयारी भईरहेको बताए । उनले भने ‘नेपालमा नौं लाख युवा वेरोजगार रहेको र ५ लाख युवा वार्षिक रुपमा बाहिरी रहेको छन् , श्रम बजार हालसम्मपनि सुरक्षित, व्यवस्थित, पारदर्शी बन्न सकिरहेको छैन, त्यसलाई व्यवस्थित बनाउन मन्त्रालयले तयारी गरिरहेको छ ।’

माग अनुकुल जनशक्ति उत्पादन हुन सकेको छैन्, कामका लागि दिन प्रतिदिन युवा विदेशीयका छन्, त्यसकारण सरकारी स्तरबाट मात्र नभई प्रदेश, स्थानिय तथा नीजि क्षेत्रको सहकार्यमा श्रम बजारमा नेपाली श्रमिक मात्र नभई नेपालमा नै श्रम उत्पादन गर्न सकिने मन्त्री विष्टले बताए ।

श्रम रोजगार तथा सुरक्षा मन्त्रालयका सह सचिव नारायणप्रसाद रेग्मीले स्वागत मन्तव्य राख्दै उत्पादनशिल रोजगार विस्तार गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिँदै मर्यादित काम र रोजगारी वृद्धि गरि आत्मनिर्भर बनाउन उक्त सम्मेलन आयोजना गरेको बताए । दुई दिनसम्म हुनेउक्त सम्मेलनमा रोजगार सम्बन्धि नीतिको समीक्षा, श्रम आप्रवासन र उद्यमी प्रदर्शनी कक्ष गरि दुई ढाँचामा कार्यक्रम प्रस्तुत भईरहेको छ ।

नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले उक्त सम्मेलनले रोजगारी क्षेत्रको विस्तार गर्नका लागि लेश भित्रको रोजगारीको अवसरको बारे जानकारी दिनुका साथै वैदेशिक रोजगार नेपालीको बाध्यतालाई विस्तारै निराकरण गर्ने सहयोगीको भूमिका खेल्ने बताए ।

श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणा, प्रदेश नं १ का श्रममन्त्री जिवन घिमिरे तथा मन्त्रालयका उच्च पदस्थ कर्मचारी, विषय विज्ञ, अनुसन्धानकर्ता, रोजगारदाताका प्रतिनिधिको उपस्थिति रहेको छ ।

Share News