आज १६ औं धान दिवस, बर्दियामा मनाउने सरकारको तयारी

<p>काठमाडौं । सरकारले यस वर्ष १६ औं राष्ट्रिय धान दिवस बर्दियामा मनाउने भएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ धान दिवस मनाइन लागेको हो । सरकारले प्रत्येक असार १५ गते धान दिवस मनाउँदै आएको छ । यसवर्ष पहिलो पटक उपत्यका बाहिर धान दिवस मनाउने लागेको हो । [&hellip;]</p>

काठमाडौं । सरकारले यस वर्ष १६ औं राष्ट्रिय धान दिवस बर्दियामा मनाउने भएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ धान दिवस मनाइन लागेको हो ।

सरकारले प्रत्येक असार १५ गते धान दिवस मनाउँदै आएको छ । यसवर्ष पहिलो पटक उपत्यका बाहिर धान दिवस मनाउने लागेको हो । १६ औं धान दिवसका रुपमा मानो रोपेरर मुरी उत्पादन गर्न असार १५ गते धान रोपिन्छ ।

विगत १५ वर्षदेखि यस दिनमा राष्ट्रिय धान दिवस मनाउने अभ्यास गरिएको छ । नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैयालगायतका धान खेती हुँदै आएको छ। नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती गरिन्छ ।

मनसुन १० ढिला हुँदा रोपाइ ढिला
यस वर्ष १० दिन पछि मनसुन सुरुवात भएसँगै रोपाइँमा ढिलाइ भएको छ । गत वर्ष यति बेला करिब १७ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष हालसम्म १२ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयका सह प्रवक्ता प्रदीपचन्द्र भट्टराईले जानकारी दिए । कतिपय स्थानमा रोपाईका लागि बर्षात कुर्नु पर्ने समस्या हुँदा रोपाइ ढिलाइ हुने उनको भनाइ छ ।

रोपाइँ हुनका लागि मनसुन सक्रिय हुनु पर्ने र ढिलो गरेको रोपाईमा धान पोटिलो नफल्ने मन्त्रालयले बताएको छ । । मनसुन ढिला सुरु हुँदा धानको बिऊमा असर पर्ने गर्छ । गत वर्ष मनसुन ठिक समयमा हुँदा उत्पादनसँगै उत्पादकत्व पनि बढेको सह प्रवक्ता भट्टराईले बताए ।
नेपालमा पछिल्लो समय नयाँ प्राविधिको विस्तारसँगै उत्पादनमा २ गुणाले वृद्धि भएको छ ।

मन्त्रालयका अनुसार नेपालले प्राविधिक उपकरण तथा नयाँ विउविजन भित्राए पनि जनशक्तिको अभावका कारण उत्पादनमा समस्या पैदा हुँदै आएको छ । कृषि क्षेत्रमा विशेष गरी विभिन्न समयमा हुने मलको अभावसँगै खरिद मूल्य बढ्ने समस्या पनि किसानले वर्षीनै भोग्नु परेको छ । सरकारले आगामी आर्थिक वर्षमा रासायिक मलका लागि ९ अर्ब रकम विनियोजन गरेकोे छ । सो रकम चालु वर्षको तुलनामा ५० प्रतिशत बढी हो ।

कृषि क्षेत्रको विकास एवम् विस्तारका लागि चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ४ अर्ब ७७ करोड छुट्याएको छ भने आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर ८ अर्ब १० करोड रुपैयाँ कृषि क्षेत्रमा विनियोजन गरेको छ ।

Share News