काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भिम रावलले आईफा अवार्डको विरोध गरेका छन् । उनले भारतीय चलचित्र अवार्डको बिरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आइफा अवार्डमा काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैंयाँ उपलब्ध गराउने कुराको बिरोध गरेका हुन् । नेपालले एक अर्ब खचृ गरेर भारतीय चलचित्र अवार्डको आयोजना हुनु गम्भिर बिषय भएको पनि बताएका छन् ।
रावलले यस्तो निर्णय कस्को उक्साटमा भएको हो भनी प्रश्न समेत गरेका छन् । रावलले स्थायी कमिटी बैठक मार्फत थप जानकारी प्राप्त हुने आसा समेत गरेका छन् ।
उनी मात्रै होइन, उद्योगी उमेशलाल श्रेष्ठले पनि आईफा अवार्डमा नेपाल सरकारले लगानी गर्ने कुुराको बिरोध गरेका छन् । श्रेष्ठले आईफा अवार्ड नेपालमा हुनु राम्रो भए पनि सरकारले रकम उपलब्ध गराउनु भने उपयुक्त नभएको धारणा फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।सरकारले केहि दिन अघि मात्रै पर्यटन बोर्डको नेतृत्वमा काठमाडौं महानगरपालिका सहय आयोजक हुने गरि आईफा अवार्ड गर्ने निर्णय गरेको थियो ।
