काठमाडौं । सरकारले काठमाडौंमा असार १५ र १६ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६’ गर्ने भएको छ । दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा हुने सो सम्मेलनको उद्घाट्न प्रधानमन्त्री केपी ओलीले गर्ने तथा कार्यक्रम दुई ढाँचामा हुने जनाइएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा जनशक्ति उत्पादन गरेको अवस्थामा बाह्य शक्ति कसरी हटाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भई रोजगार प्रवद्र्धन तथा युवालाई जोड्न सरकारले कस्तो खालको नीति नियम बनाउन पर्छ भन्ने विषयलाई ध्यानमा राखि उक्त सम्मेलन हुन लागेको बताए । उनले भने ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले नयाँ आयाम थपेको छ, एक वर्षको अवधिमा ५५ भन्दा बढी रोजगार प्रवद्र्धनको प्रक्रिया तयार गरेको गर्नुका साथै हाल साढे पाँच हजार भन्दाढी स्थानमा साढे पाँच हजार बढी कार्यक्रममा भईरहेको छ ।’
‘रोजगारका लागि सिपको विकास’ भन्ने नाराका साथ हुने उक्त कार्यक्रममा नेपालमा रोजगारीको सम्भावना, हालको अवस्था, आगामी दिनमा यस क्षेत्रमा चाल्नु पर्ने कदम तथा श्रम बजारको अवस्थाका साथै मागलाई मध्यनजर गरिने मन्त्री विष्टले बताए । प्राविधिक सत्रमा र सीप तथा उद्यमको प्रदर्शनी क्षेत्रमा ५० जना विषय गत विज्ञको टोलीले कार्यक्रममा छलफल गर्नेछन् । निर्माण, घरेलु तथा साना उद्योग, सूचना प्रविधि क्षेत्र भईरहेको गतिविधि र आगामी दिनमा श्रमको व्यवस्थापन, रोजगारीको सम्भावना, चुनौती तथा आगामी दिनमा चाल्नु पर्ने कदमका बारे छलफल हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
केन्द्रिय तथ्याङ्ग विभागको अनुसार हाल नेपालमा ११.६ प्रतिशत बेरोजगार, ३० प्रतिशत अर्ध बेरोजगार र बाँकी ३८.५ प्रतिशत श्रममा सहभागिता दर रहेको छ । श्रम र रोजगारीका नवीनतम र सृजनात्मक भाग उजागर गरी यस क्षेत्रको विकासद्धारा गतिशिल अर्थतन्त्रको निर्माण गरी समग्र समृद्धिमा योगदान पुर्याउने उद्देश्यले मन्त्रालयले उक्त सम्मेलनको आयोजना गरेको हो ।
३ सय ५० जना भन्दा बढी आमन्त्रण गरिएको उक्त कार्यक्रमको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, संसदीय समितिका पदाधिकारी, राजनीतिक दल, विषयगत मन्त्रालयका उच्च पदाधिकारी, उद्यमी, रोजगारदाता उपस्थितिमा रहनेछ, भने सय भन्दा बढी विभिन्न क्षेत्र तथा विधाबाट प्रतिनिधि सुनिश्चित हुने गरि सहभागिता गराउने लक्ष्य रहेको जानकारी गराएका छन् ।