२ करोड ३२ लाख राजश्व छल्ने ३ जना झापाली विरुद्ध ४ करोड ६४ लाखको मुद्धा

<p>काठमाडौं । २ करोड ३२ लाख २१ हजार भन्दा बढी राजश्व छलेका आरोपमा झापाका लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे र राजेन्द्रराज पाण्डे विरुद्ध मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध विगोको दोब्बर हुने गरि ४ करोड ६४ लाख ४२ हजार रुपैंयाँ जरिवाना र ३ वर्षसम्म कैद माग दावी गर्दै काठमाडौं जिल्ला [&hellip;]</p>

काठमाडौं । २ करोड ३२ लाख २१ हजार भन्दा बढी राजश्व छलेका आरोपमा झापाका लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे र राजेन्द्रराज पाण्डे विरुद्ध मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध विगोको दोब्बर हुने गरि ४ करोड ६४ लाख ४२ हजार रुपैंयाँ जरिवाना र ३ वर्षसम्म कैद माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमाा मुद्धा दायर गरेको हो ।

उनीहरुले मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालबस्तुहरुलाई सामान्य व्राण्डका र अर्कै मालवस्तु भनि पैठारी आयात गरेर महंगो मूल्य बेच्दै सो मात्रामा राजश्व छलेको निष्कर्ष विभागले निकालेको छ । उनीहरुले इन्डोनेशिया, भियतनाम लगायतका मुलुकमा बनेका जुत्ता र सोलहरुलाई चीनमा बनेको भन्दै आयात गरेका थिए ।

ख्यातिप्राप्त ब्रान्ड रिबुक, एडिडास, फिला, नर्थफेस, नाईकी, पुमा लगायतका ब्राण्डका जुत्ता चप्पललाई चिनियाँ बजारबाट ल्याएको भन्ने प्रमाण पेश गरेका नक्कली मालवस्तु उत्पादन गरेको भन्दै लिला बहादुर घिमिरे र गंगा बहादुर घिमिरे र दिपेन्द्रराज पाण्डे विरुद्ध पनि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम २ करोड ३२ लाख २१ हजार ५ सय ८९ रुपैंयाँ ६० पैसाको बिगो दाबी सहित मुद्दा दायर भएको हो ।

Share News