सूर्यबिनायक नगरमा असार ९ र १० गते सार्वजनिक बिदा

<p>काठमाडौँ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले असार ९ र १० गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको पाँचौ नगर सभा असार ९ गते हुने भएको र आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम र बार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रमको तयारी र व्यवस्थापनका लागि सार्वजनिक बिदा दिइने भएको हो । सूर्यबिनायक नगरपालिका, वडा कार्यालयहरु र नगर [&hellip;]</p>


काठमाडौँ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले असार ९ र १० गते सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाको पाँचौ नगर सभा असार ९ गते हुने भएको र आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम र बार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रमको तयारी र व्यवस्थापनका लागि सार्वजनिक बिदा दिइने भएको हो ।

सूर्यबिनायक नगरपालिका, वडा कार्यालयहरु र नगर पालिका अन्तरगतका विषयगत कार्यालयहरु असार ९ र १० गते बिदा दिने निर्णय भएको नगर पालिका कार्यालयले जनाएको छ ।

Share News