
काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।
राष्ट्रिय सभामा दर्ता भएको यो विधेयकको चौतर्फी बिरोध भएपछि सरकारले फिर्ता लिएको हो । सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले पत्रकार सम्मेलनमा बताइन् ।