भोजपुरमा दुई इन्जिनियर घुस रकम सहित रङ्गेहात पक्राउ

<p>काठमाडाैं । भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सव-इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई घुस रकम सहित समातिएका छन् । इन्जिनियर किराँतलाई घुस/रिसवत वापत ५० हजार र निज सव इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई २० हजार लिईरहेको अवस्थामा कार्यालय परिसरबाट उक्त रकम सहित रङ्गेहात पक्राउ गरेको हो । बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग [&hellip;]</p>

काठमाडाैं । भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सव-इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई घुस रकम सहित समातिएका छन् ।

इन्जिनियर किराँतलाई घुस/रिसवत वापत ५० हजार र निज सव इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई २० हजार लिईरहेको अवस्थामा कार्यालय परिसरबाट उक्त रकम सहित रङ्गेहात पक्राउ गरेको हो ।

बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले समातेको हुन् ।

Share News